सिरीजङ्घा गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय
ताप्लेजुङ जिल्लामा अवस्थित ८ वटा गाउँपालिका मध्ये सबै भन्दा पुर्वी सिमानामा रहेको यस सिरीजङ्गा गाउँपालिकाको नाम यस गाउँपालिकाको वडा नं. ४, साविकको गा.वि.स. तेल्लोक वडामा (१७ शताब्दी तिर हालको सिनाम, आम्बेगुदिन, तेल्लोक र पेदाङका सम्पुर्ण भागलाई सिनाम भनिन्थ्यो) जन्मिनुभएका लिम्बु भाषा तथा लिपीको सर्जक तथा संरक्षक त्येअङ्सी सिरीजङ्घा सिन थेवे (१७०४-१७४१ ई.सा. पुर्व) को योगदानलाई कदर गर्दै यस गाउँपालिकाको नाम सिरीजङ्घा गाउँपालिका रहन गएको हो।यो गाउँपालिकाको कुल क्षेत्रफल ४८१.०९ वर्ग कि.मी. रहेको छ भने २०७८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंङ्ख्या १४११४ रहेको छ। प्रशासनिक तथा भौगोलिक रुपमा यस गाउँपालिका जम्मा ८ वटा वडामा साविकका गा.वि.स. (सिनाम, आम्बेगुदिन, सिकैचा, तेल्लोक, पेदाङ, मामंङखे, खेवाङ र याम्फुदिन) हरुमा विभाजन गरिएको छ भने यस गाउँपालिकाको गाउँकार्यपालिका रहेको केन्द्र साविकको गा.वि.स. तेल्लोक, हाल ४ नं. वडामा अवस्थित रहेको छ।यो गाउँपालिकाको पुर्वमा सिदिङ्मा गा.पा. र भारत, पश्चिममा याङवरक गा.पा. र फुङलिङ न.पा., उत्तरमा फक्ताङलुङ गा.पा. र दक्षिणमा पाँचथर जिल्ला पर्दछ। विश्चको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कंचनजङ्घा (८५८६ मिटर) हिमाल यसै गाउँपालिकाको वडा नं. ८, याम्फुदिनमा अवस्थित रहेको छ, जसलाई वर्षेनी विदेशी तथा स्वदेशी पर्यटकहरु दक्षिण मोहोदा हुँदै पैदल बाटो सुकेटार-लालीखर्क-खेसेवा-मामंङखे-याम्फुदिन-चैराम-ओक्टाङ हुँदै कंचनजङ्घा आधार शिवीर पुग्ने गर्दछन।अधिकांश लिम्बु जातीको बसोबास भएतापनि अन्य जात, जाती, भाषा, संस्कृती आदिको सम्मान गर्ने परिपाटि तथा जैविक विविधता, प्राकृतिक सुन्दरता, धार्मिक तथा ऐतिहासिक, जलस्रोतमा धनी गाउँपालिकाको रुपमा यस सिरीजङ्घा गाँउपालिकालाई लिन सकिन्छ।
कोशी प्रदेश ,ताप्लेजुङ, नेपाल
सिरीजङ्घाको गौरव कञ्चनजङ्ग